Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवसरको सदुपयोग गरेर भविष्य बनाउन विद्यार्थीसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा गुह्वेश्वरी बालशिक्षा माध्यामिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् । उनले जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि विद्यार्थीले आफ्नो भविष्य आफैँ बनाउने बताए । भविष्य राम्रो बनाउन अहिले मेहनत गरेर काम अध्ययन गर्नुपर्ने बताए । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘तपाईंहरु जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि तपाईंहरुको भविष्य तपाईंहरुकै हातमा छ । भविष्यलाई राम्रो गर्न अहिले आएको अवसरको सदुपयोग गर्नुपर्छ । कोही व्यक्ति बिना मेहनत कहीँ पुग्दै पुग्दैन । तपाईंहरुले पाएको अवसरको गाह्रो भएपनि मेहनत गर्न छोड्नु हुँदैन । मेहनत गर्नुस्, परिश्रम गर्नुस्, बुझेर पढ्ने बानी बसाल्नुस् । इक्षा गर्नुपर्छ तर त्यसका लागि मेहनत गर्नुपर्छ । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिन्छ ।’

आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने काममा अभिभावकहरुको भुमिका पनि महत्वपूर्ण हुने बताएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?