Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवसरको सदुपयोग गरेर भविष्य बनाउन विद्यार्थीसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा गुह्वेश्वरी बालशिक्षा माध्यामिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् । उनले जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि विद्यार्थीले आफ्नो भविष्य आफैँ बनाउने बताए । भविष्य राम्रो बनाउन अहिले मेहनत गरेर काम अध्ययन गर्नुपर्ने बताए । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘तपाईंहरु जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि तपाईंहरुको भविष्य तपाईंहरुकै हातमा छ । भविष्यलाई राम्रो गर्न अहिले आएको अवसरको सदुपयोग गर्नुपर्छ । कोही व्यक्ति बिना मेहनत कहीँ पुग्दै पुग्दैन । तपाईंहरुले पाएको अवसरको गाह्रो भएपनि मेहनत गर्न छोड्नु हुँदैन । मेहनत गर्नुस्, परिश्रम गर्नुस्, बुझेर पढ्ने बानी बसाल्नुस् । इक्षा गर्नुपर्छ तर त्यसका लागि मेहनत गर्नुपर्छ । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिन्छ ।’

आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने काममा अभिभावकहरुको भुमिका पनि महत्वपूर्ण हुने बताएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?