Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

नेपालले आफ्नो सामर्थ्य अनुसार विकास गरिरहेको छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामथ्र्यअनुसार विकासका कामहरु गरिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो सामथ्र्य अनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गरे । उनले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताए । नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल आफ्नो गच्छअनुसार विकासका काममा अघि बढिरहेको छ । आफ्नो गच्छअनुसार गति अघि बढाइरहेको छ । मित्रताका लागि गच्छ चाहिँदैन । यसै गर्न सकिन्छ । गच्छअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ । हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ ।’

प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?