Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सांसद सुवेदीको संशोधन प्रश्तावः सबै विमानस्थल र ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणकै व्यवस्थापनमा राखौँ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सबै विमानस्थलको सञ्चालन र ग्राउण्ड ह्यान्डलिङ सेवा नेपाल हवाई सेवा प्राधिकरणकै व्यवस्थापनमा राख्नुपर्ने धारणा राखेकी छिन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथिको छलफलमा बोल्दै सांसद सुवेदीले यस्तो बताएकी हुन् । निजी क्षेत्र नाफामुखी हुने भएकाले घाटामा रहेका वा दुर्गमस्थलका विमानस्थलहरू निजी क्षेत्रबाट उपेक्षा हुने सम्भावना रहेको कारण सबै विमानस्थल सञ्चालन प्राधिकरणले गर्नुपर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । सांसद सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने ग्राउण्ड ह्याण्डलिङ सेवा सम्बन्धी विधेयकको दफा १६ मा पनि अस्पष्टता रहेको भन्दै उनले विधेयकमा त्यसलाई स्पष्ट पार्न आग्रह गरिन । उनले ग्राउण्ड ह्याण्डलिङ सेवा प्राधिकरण आफैंले सञ्चालन गर्ने नभए खुला प्रतिस्पर्धाबाट दिने व्यवस्था गरिनुपर्ने बताइन । खुला प्रतिष्पर्धाबाछ निजी क्षेत्रलाई दिएको खण्डमा त्यसको गम्भीरताका साथ सुपरिवेक्षण हुनुपर्ने सांसद सुवेदीको भनाइ छ ।

उनले भनिन, ‘निजी क्षेत्र नाफामुखी हुने हुँदा नाफामा रहेका विमानस्थलमा मात्र संलग्न हुने र घाटामा रहेका तथा दुर्गमस्थलमा रहेका विमानस्थल निजी क्षेत्र संलग्न नहुने हुँदा घाटामा तथा दुर्गममा रहेका विमानस्थल सञ्चालन गर्नका लागि पनि सबै विमानस्थल प्राधिकरणबाट नै सञ्चालन तथा व्यवस्थापन हुनुपर्छ । त्यस्तै दफा १६ रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ग्राउण्ड ह्यान्डलिङ सेवा समेत सञ्चालन आफैँले गर्ने वा खुला प्रतिष्पर्धिबाट गराउने कुरा स्पष्ट आएको छैन । यो राख्नुपर्छ । यदि खुला प्रतिष्पर्धाबाट गर्ने पनि त्यसको सुपरीवेक्षण गर्ने व्यवस्था गरिनुपर्छ ।’

नेपालको हवाई क्षेत्रलाई नियामक र सेवाप्रदायकको रुपमा छुट्टइसक्नुपर्ने सीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले दिएको थियो । सोही सीमाको अधिनमा रही सरकारले उक्त विधेयक अघि बढाएको हो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?