Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद गौतम


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राखेकी छिन् ।

शुक्रवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो धरणा राखेकी हुन् । उनले पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालय अन्तर्गत राख्नुपर्ने बताइन । सांसद गौतमले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रश्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरिन ।

उनले भनिन, ‘यातायात सुरक्षालाई एकदमै नजिकबाट हेर्नुपर्ने आवश्यकता रहेको छ । सबै प्रकारका यातायातका सबै साधनहरुलाई एकदै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुन्छ । यातायातको साधनहरुमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो । अहिले पनि हवाई भन्दा सडक दुर्घटना धेरै भइरहेको छ । यसलाई पनि मध्यनजर गर्नुपर्छ । यो विधेयकमा सेवा दिने संस्थाले राम्रो सेवा दिनुपर्यो । सेवा प्रदायक संस्था हुने भएको यस प्राधिकरणले आम्दानी राम्रै गर्ला । तर नियमनकारी निकायले कसरी जोहो गर्छ त ? यो प्रश्न सैद्धान्तिक रुपमा उठेको कारणले यसरी हेर्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले हवाई यातायातलाई थप प्रधावकारी भूमिका खेल्न विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?