Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्णः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताए । उनले अवैध निकासी पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको बताए । उनले भन्सार बिन्दुबाट मात्रै कुनै पनि सामानको निकासी र पैठारी हुन्छ भन्ने कुराको आश्वासन दिन सक्नुपरेको बताएका छन् । उनले उक्त चुनौतिको बीचबाट आफूहरूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था रहेको समेत जिकिर गरे ।

उनले भने, “हामी खुल्ला सीमानामा छौँ । चारैतिर सिमाना खुल्ला नै छ । एकातिर, भूपरिवेष्टित छौँ, अर्कोतिर हाम्रो सिमाना खुला छ । यस्तो अवस्थामा सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता कसरी गर्ने भन्ने हाम्रो सामु च्यालेन्ज छ । यसको लागि कानुनी बन्दोबस्त पनि गर्ने र संरचनाका प्रबन्धहरू पनि गर्ने । दुई वटै कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । भन्सार बिन्दुबाट मात्रै कुनै पनि कारोबार हुन्छ, सामानको निकासी, पैठारीको कुरा त्यो बाहेक अन्यत्रबाट हुँदैन भन्ने कुराको आश्वासन दिन सक्नुपरेको छ हामीले । एउटा ठूलो चुनौतीको बिचबाट हामीले आफूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था छ ।”

उनले भन्सार बिन्दुबाट मात्रै पैठारी र निकासी हुन्छ भन्ने कुराको आश्वासन दिन नसक्दा चुहावटका समस्याहरू आउने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको जिकिर गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?