Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

इजरायल–इरान युद्धविरामपछि इजिप्टले ग्यास आपूर्ति पुनः शुरु गर्ने


एजेन्सी। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् ।

शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुने उनको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । उनले इजिप्टको वृहत आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय गर्यो । जसमा केही कारखानाहरूमा ग्यास कटौती गर्ने र बिजुली उत्पादन कायम राख्न पावर स्टेशनहरूलाई इन्धन तेल र डिजेलमा स्विच गर्ने समावेश थियो । जुन १३ मा इजरायलले इरानी आणविक र रणनीतिक स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा हवाई आक्रमण गरेपछि इजरायल इरान द्वन्द्व शुरु भयो ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?