Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इजरायल–इरान युद्धविरामपछि इजिप्टले ग्यास आपूर्ति पुनः शुरु गर्ने


एजेन्सी। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् ।

शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुने उनको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । उनले इजिप्टको वृहत आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय गर्यो । जसमा केही कारखानाहरूमा ग्यास कटौती गर्ने र बिजुली उत्पादन कायम राख्न पावर स्टेशनहरूलाई इन्धन तेल र डिजेलमा स्विच गर्ने समावेश थियो । जुन १३ मा इजरायलले इरानी आणविक र रणनीतिक स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा हवाई आक्रमण गरेपछि इजरायल इरान द्वन्द्व शुरु भयो ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?