Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वार्ताबाट क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न इजिप्ट र इरानको आग्रह


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् ।

वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरुको भनाइ छ । दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु गर्ने महत्वलाई दोहोर्याएका छन् ।

मध्य पूर्वमा आम विनाशकारी हतियारमुक्त क्षेत्र स्थापनालाई प्रवद्र्धन गर्ने आवश्यकतामा जोड दिएका छन् । सिसीले कतारमा रहेको अमेरिकी आधारलाई लक्षित गरी हालै गरिएको इरानी क्षेप्यास्त्र आक्रमणलाई इजिप्टले अस्वीकार गरेको कुरालाई पुनः पुष्टि गरे ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?