१० असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल
१० असार, पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस भएका थिए ।
१० असार, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा हाफ पाइन्ट लगाएर जाने व्यक्तिलाई सेवाबाट बञ्चित गराइएको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालमा पासपोर्ट सेवाका लागि पुगेका व्यक्तिलाई हाफ पाइन्ट लगाएर जान नपाइने भन्दै फर्काई दिएको हो । अहिले सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक भएपछि मानिसहरूले प्रसाशनको यस कमदको आलोचना
१० असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको
१० असार, एजेन्सी । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका 'निकटको समन्वयमा रहने बताएका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी
१० असार, काठमाडाैँ । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता
१० असार, काठमाडाैँ । ट्रेड युनियन कांग्रेसको युवा समिति कोषाध्यक्ष डा सफल अधिकारी चयन भएका छन् । उनी ४९६ मतका साथ विजयी भएका हुन् । ट्रेड युनियनको अध्यक्षमा कृष्ण सिटौला निकट योगेन्द्र कुँवर र अन्य पदहरुमा शेखर-गगन निकट पदाधिकारी विजयी भएका छन् । त्यस्तै पार्टि संस्थापन पक्षका भने सबै पराजित
१० असार, मोरङ । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ । चैतमा
१० असार, एजेन्सी । ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा
१० असार, बागलुङ । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो । शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका छन्