Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

रुस सङ्कटका बीच अमेरिका सहयोगीहरूसँग ‘निकट समन्वयमा’ रहने


१० असार, एजेन्सी । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका ‘निकटको समन्वयमा रहने बताएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गर्नु भएको पुष्टि गरेका छन् ।

“मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्या्उनु भएको छ । नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।

वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो । लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए । यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । उनले भनेका छन् – “हामी अगाडि बढिरहेका छौं र अन्त्यसम्म बढ्नेछौं।”

वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ ।

उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू “बालबालिका विरुद्ध” भने नलडेको पनि दाबी गरेका छन् ।
प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको “सशस्त्र विद्रोह” “पिठमा छुरा धस्ने देशद्रोहको बाटो” भएको टिप्पणी गरेका छन् । उनले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यता प्रिगोजिनले भने रुसी राष्ट्रपतिले “गम्भीर गल्ती” गरेको भन्दै विद्रोही समूह देशभक्त रहेको दाबी गरेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

आफ्नो प्रेस सेवाद्वारा शनिबार पोस्ट गरिएको अडियो सन्देशमा प्रिगोजिनले भनेका छन् -“मातृभूमिप्रति विश्वासघात गर्दै राष्ट्रपतिले गम्भीर गल्ती गर्नु भएको छ ।”

देशलाई “भ्रष्टाचार, छलछाम र नोकरशाही” को देश भनेर सम्बोधन गर्दै उनले विद्रोही समूहले लडाइँ जारी राख्ने बताएका छन् । विद्रोही कमाण्डरले भनेका छन् – हामी हाम्रो मातृभूमिका देशभक्त हौं, हामी लड्दै आएका छौं र लडिरहने छौं । हामी राष्ट्रपति, सेना वा अरू कसैको अनुरोध स्वीकार गर्दैनौं किनभने देश भ्रष्टाचार, छलछाम र कसैको तजबिजको दलदलमा फसिरहन दिदैनौं ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?