Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

महिला हिंसा नियन्त्रण गर्न माग


१० असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको हत्या भएको बताइन् । उनले दिनदिनै यस्तै घटना घटिरहेको उल्लेख गर्दै महिला हिंसा नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिन् ।

सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताइन् । उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरिन् ।

सांसद देवेन्द्र पौडेलले बाग्लुङको ढोरपाटनमा चट्याङका कारण जनधनको क्षति भएको, सवारी दुर्घटनामा पनि त्यस्तै क्षति भएको बताउँदै आकस्मिक घटना र दैविक प्रकोपपीडितलाई राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद शिव नेपालीले प्राकृतिक विपत्तिबाट जोगिनका लागि नागरिकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता औँल्याए । पछिल्लोपटक दाङमा चट्याङका कारण तीन जनाको ज्यान गएको र देशका अन्य स्थानमा पनि नागरिकको ज्यान गएको भन्दै क्षति न्यूनीकरण गर्न आवश्यक प्रबन्धको माग गरे ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?