Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

समाचार


सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गर्न मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

१५ असार, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘सर्वप्रथम यस सुन्दर नगरी

कोशी प्रदेशका युवामन्त्री भन्छन्- कोशी प्रदेशको नाम पुनः विचार गर्नुपर्छ

१५ असार, विराटनगर । युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री लिम्बूले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताएका

जलवायु अनुकूल धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

१५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् । बीसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को अवसरमा एक शुभकामना सन्देश दिँदै उनले पछिल्लो समय

तेमाल गाउँपालिकाले ल्यायो ५० करोड ९३ लाखको बजेट, स्वास्थ्यमा १ करोड विनियोजन

१५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट ल्याएको छ । बिहीबार १३औं गाउँ अधिवेशन मार्फत उपाध्यक्ष दलमान थोकरले उक्त बजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले २०८०-०८१को बजेटमा शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार विकास र विपद् व्यस्थापनतर्फ ध्यान

हेंवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

१५ असार, ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत असार २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सडक

महिनैपिच्छे बढ्दै नयाँ पासपोर्ट लिनेको सङ्ख्या, एक महिनामै १ लाख ४७ हजारले बनाए पासपोर्ट

१५ असार, काठमाडाैँ । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै महिनामा एक लाख ४७ हजारले राहदानी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

१५ असार, गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई

उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

१५ असार, काठमाडाैँ । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज भेट गरेका छन् । छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

१५ असार, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाए । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन् । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २०

चितवनमा केपी ओलीले रोपे धान

१५ असार, चितवन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गरेका छन् । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा ओलीले चितवनकाे केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन् । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान

सम्वन्धित समाचारहरु