Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

हेंवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज


१५ असार, ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो ।

गत असार २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सडक सञ्जालले टुटेको थियो । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएकामा हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । जिल्लाका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र युवाको सक्रियतामा फड्के पुल बनेको हो । मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा उक्त पुल बनाइएको थियो । बाँसका साथै बिजुलीको तार र नट प्रयोग गरेर बनाइएको पुलमा पाँचथर युवा सङ्घको पनि सहयोग रहेको जनाइएको छ ।

फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् ।

हेंवाखोलाको पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारिका सवारी साधनले वारिबाटै र पारिका सवारी साधनले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् । यहाँ सडक डिभिजन कार्यालयबाट बनिरहेको बेलीब्रिज सम्पन्न नहुँदासम्म यात्रुलाई यात्रा गर्न फड्केले सहयोग पुर्याएकोे छ । बेली ब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेंवाखोलामा तत्काल डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?