१७ असार ,काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने
१७ असार ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।
१७ असार ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३
१७ असार ,खलङ्गा । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ । स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।
१७ असार ,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले साहु र ऋणीबीच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा उठेका
१७ असार ,गण्डकी । ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो । देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका
१७ असार ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन् । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्केका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न
१७ असार ,म्याग्दी । म्याग्दीका दुई वटा स्थानीय तहको ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ लागू भएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–६ को जामुनाखर्क र मालिका गाउँपालिका–४ को महभिरमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्रका प्रमुख किरण सिग्देलले व्यावसायिक कृषि र पशुपालनमार्फत विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले
१७ असार ,कोहलपुर । बाँकेको राप्ती नदीमा आएको बाढीमा फसेका छ ग्वाला र ७८ बाख्राको सकुशल उद्धार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्जस्थित राप्ती नदीको टापुमा फसेका ग्वाला र चौपायाको सकुशल उद्धार गरिएको हो । शनिबार नदीको टापुमा बाख्रा चराउन गएका उनीहरु नदीमा बाढी आएपछि बाख्रासँगै टापुमा फसेका थिए
१७ असार, काठमाडाैँ । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को