Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कला परिषद्ले भारतमा बृहत् कलाकृति प्रदर्शन गर्दै


१४ ,श्रावण ,काठमाडौँ । नेपाल कला परिषद्ले विश्वमा हुने हालसम्मको सबैभन्दा ठूलो नेपालका आधुनिक कलाकृतिको प्रदर्शन भारतमा गर्न लागेको छ ।

भारतमा आयोजना हुन गइरहेको जी २० मुलुकहरूको सम्मेलनका अवसरमा यही साउन २२ देखि असोज २० गतेसम्म आयोजना हुने ‘विहार म्युजियम वियनाल २०२३’ अन्तर्राष्ट्रिय कार्यक्रममा परिषद्ले सो प्रदर्शनी गर्न लागेको जनाएको छ ।

प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष सागरशम्शेर राणाले भने, “यस परिषद्लाई विहार सङ्ग्रहालयको आयोजनामा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा निमन्त्रणा प्राप्त भएको छ । नेपालका तर्फबाट सहभागी हुने यस परिषद्लाई प्रदर्शनीस्थलमा भारतले नेपालको सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शन गर्न निःशुल्क रूपमा चार हजार वर्गफिटको एकल ग्यालरी उपलब्ध गराएको छ ।”

विहार सङ्ग्रहालय भारतको सबैभन्दा नयाँ आधुनिक सङ्ग्रहालय हो । यस प्रान्तीय सङ्ग्रहालय शुभारम्भ सन् २०१५ भई विधिवतरूपमा सन् २०१७ मा भारतका उत्कृष्ट सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शन गर्न करिब १३ एकड जग्गामा सङ्ग्रहालय अवस्थित छ । कला प्रदर्शनीमा नेपालका विभिन्न ६६ कलाकारका दुई सय पाँच उत्कृष्ट कलाकृति प्रदर्शन गराइने उनले बताए ।

सो प्रदर्शनीमा नेपाल, भारतसँगै रसिया, इजरायल, कोष्टारिका, पनामाले पनि कला प्रदर्शनी गर्नेछन् । यति धेरै नेपालका आधुनिक कलाकृतिहरू विदेशमा प्रदर्शन हुन लागेको यो पहिलो अवसर भएको अध्यक्ष राणाको भनाइ थियो । सो अवसरमा विभिन्न देवीदेवताका चित्र, मञ्जुश्री, कुमारी, गौतम बुद्ध, भैरव, सांस्कृतिक पर्वसम्बन्धी मूर्ति, चित्र र पेन्टिङ प्रदर्शनी हुने बताइएको छ ।

साथै काष्ठकलाका नमूना कृति पनि प्रदर्शनी गरिनेछ । विगतमा पनि कला परिषद्को तत्वावधानमा सन् २०१९ मा नेपाललाई प्रतिनिधित्व गरी विश्व प्रसिद्ध ‘वेल्ट म्युजियम भियना’मा २५ कलाकारका एक सय परम्परागत तथा आधुनिक कलाकृति प्रदर्शित गरिएको थियो । कला परिषद् निजी सरकारी साझेदारीको अवधारणाअनुसार ६० वर्षअघि स्थापना गरिएको संस्था हो । परिषद्को उद्देश्यअनुसार राष्ट्रिय, प्रान्तीय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाहरूको प्रचारप्रसार तथा विस्तार गर्ने कार्यमा सक्रियरूपमा योगदान रहिआएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?