Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित


१५ ,श्रावण ,कर्णाली । कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव प्रस्तुत गरेकि थिईन् ।

उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्तावमा प्रदेशसभा सदस्य पछाईले समर्थन गरेसँगै सभामुख गुरुङले उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले अनुमोदन भएको घोषणा गरिन् । प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?