Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

त्रियुगा पुल एक वर्षमा सम्पन्न गरिनेछ : मन्त्री ज्वाला


१४ ,श्रावण ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उनले आज सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई पुल निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधि ध्यानाकर्षणका लागि आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए ।

मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको छ । त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन मन्त्री ज्वालाले सरोकारवालालाई आग्रह गरे । निर्माण सुरु भएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य भएको उनको भनाइ छ ।

मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण एक वर्षभित्र सकिने विश्वास व्यक्त गरे । उनले भने, “यसअघि कमला र जब्दीघाटको पुलबाटै पुराना ठेक्कामा एक्सन लिन थालिएको छ, यसमा पनि त्यही गरिनेछ ।”

मन्त्रालयका कार्यवाहक सचिव अर्जुन थापाले ‘क्रोनिक’ ठेक्काका रुपमा रहेका पुल समस्या समाधान गरेर बनाउन लागिएको बताउनुभयो । हाल देशभर साढे चार हजार पुलको निर्माण भइरहेको उनले जानकारी दिए । उनले भने, “त्रियुगा, कमला र जब्दीघाट तीन पुलमा बढी समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिक रुपमा खोजी सकेका छौँ ।”

उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षाैँदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।

सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । तीन वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले विसं २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

तीन वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएर हस्तान्तरण नगरिँदै विसं २०७८ मा पुलका तीन स्पान र दुई पिलर भत्केको थियो ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?