Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह


१४ ,श्रावण ,अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए ।

सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उनले सबैलाई आग्रह गरेका छन् ।

विगत ढाई वर्षदेखि रोजगारीको लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मीरा दमासेले बताईन् ।

उनको अवस्थाको बारेमा विगत तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उनले आग्रह गरिन् ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?