Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

‘रोबोटिक प्रदर्शनी’


१४ ,श्रावण ,काठमाडौँ । एक्काइसौँ शताब्दीका बालबालिकालाई सूचना प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिने उद्देश्यले ‘रोबोटिक प्रदर्शनी’ गरिएको छ ।

‘टेक–एक्स २०२३’ को अवसरमा साउन ११ गतेदेखि आजसम्म ‘रोबोटिक’ प्रदर्शनी गरिएको हो । डिल्लीबजारस्थित सफ्ट्वेरिका कलेजले आयोजना गरेको सो ‘टेक–एक्स २०२३’ को टेक–एक्समा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।

सफ्ट्वेरिका कलेजमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित रोबोटलाई प्रदर्शनमा राखिएको थियो । कलेजका प्रमुख प्रमोद पौडेलले टेक–एक्समा कम्तीमा छ वटा रोबोट प्रदर्शन गरिएको जानकारी दिए । त्यससँगै आइओटीको इनोभेसन प्रोजेक्टअन्तर्गत ३० भन्दा बढी प्रोजेक्टलाई प्रदर्शनमा राखिएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन्, के–के परिवर्तन गर्न सकिन्छ, सूचना प्रविधिको अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ र हामीलाई सूचना प्रविधि अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिने उद्देश्यले पनि टेक एक्सको आयोजना गरिएको बताइएको छ ।

सफ्ट्वेरिका कलेजका अनुसार कम्तीमा पाँच हजारभन्दा बढीले कार्यक्रमको अवलोकन गरेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक क्रियाकलाप, सूचना प्रविधि क्षेत्रले कृषि क्षेत्रमा पु¥याउने योगदानबारे जानकारीसमेत दिइएको थियो ।

कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा फुडस्टल, बौद्धिक खेल, बिजुलीबाट बनाइएका सवारीसाधनको अनुभव लिन सकिने र बौद्धिक खेल जितेका विजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको कलेजले जनाएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?