Trending
>>   सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो >>   शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा >>   रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा… >>   सरकारका गुण र दोषको जिम्मेवारी काँग्रेस—एमाले दुवैले लिनुपर्छः नेता सिटौला >>   लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ >>   जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा >>   संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे >>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

समाचार


विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

२५ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन दिएका थिए । गृहसचिव विनोदप्रकाश

काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत्र, काठमाडाैँ । काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो हस्पिटलको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । अवतरणका क्रममा हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएर अर्को घरमा पुगेको बताइएको छ । बिरामी लिनका

ललितपुरमा बन्दै गरेको अपार्टमेन्ट वरपरका घरहरू भासिए

२५ चैत्र, ललितपु । ललितपुरमा बन्दै गरेको अपार्टमेन्टको वरिपरीका घरहरू भासिएका छन् । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा शुक्रबार राती वरपरका घरहरू भासिएका हुन् । स्थानीयहरूले आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले छोडे पार्टी, अब एमालेमा नै फर्किने

२५ चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको उनले बताउँदै पार्टी अवसरवादमा लिप्त भएको भन्दै आरोप लगाएका छन् । पार्टी परित्याग गरेका न्याैपानेले

सामाखुसी यातायातले ५ करोडमा थप्यो १० वटा बस

२५ चैत्र, काठमाडाैँ । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो । उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम्

अवधि सकिँदा पनि मैलुङ–स्याफ्रुबेँसी सडकको प्रगति न्यून

२५ चैत्र, निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डमा २५ प्रतिशत

चीनले ताइवानको ‘परिवेश’ को सूक्ष्म अध्ययन गर्दै

२५ चैत्र, एजेन्सी । चीनको सैन्य अभ्यासले शनिबार ताइवानको "परिवेश" को पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो। सीसीटीभीले "लामो

योगेश भट्टराईले भने – प्रधानमन्त्री प्रचण्ड पूर्ण रुपले असफल

२५ चैत्र, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् । प्रेस चौतारी नेपाल ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप समेत लगाएका छन् । उनले भने, 'दुई

स्थानअनुसार न्यायिक समितिमा आउने उजुरीको प्रकृति फरक, कुन जिल्लामा कस्ता ?

२५ चैत्र, काठमाडौँ । स्थानीय तहको न्यायिक समितिमा आउने उजुरीका प्रकृति फरक–फरक रहेका छन् । काठमाडौँ महानगरपालिकामा घरबहालका उजुरी बढी आउँछन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् । त्यसैगरी स्याङ्जा, इलाम र प्यूठानका केही न्यायिक समितिमा पारिवारिक विमेलका उजुरी बढी आउने

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

२५ चैत्र, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिकामार्फत सरकारले कडाइ गरेपछि आपत्ति

सम्वन्धित समाचारहरु