Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता


२२ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।

गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय/व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने सरकारको योजना छ ।

‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माण कार्यलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले विभिन्न क्लब र गैरसरकारी संस्थाद्वारा सञ्चालित खेलकुद प्रतियोगितालाई दिइने सहयोगलाई निरन्तरता दिइने बताए ।

मुस्ताङमा उच्च उचाइ खेल तालिम केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन गर्ने नीति लिइने उनले बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?