Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता


२२ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलाडी उत्पादन, छनोट र प्रशिक्षणसम्बन्धी एकीकृत योजनाका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

‘सबैका लागि खेलकुद’ भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।

गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण प्रक्रियाअघि बढाइने सरकारले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय/व्यक्तिलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने सरकारको योजना छ ।

‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माण कार्यलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले विभिन्न क्लब र गैरसरकारी संस्थाद्वारा सञ्चालित खेलकुद प्रतियोगितालाई दिइने सहयोगलाई निरन्तरता दिइने बताए ।

मुस्ताङमा उच्च उचाइ खेल तालिम केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन गर्ने नीति लिइने उनले बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?