Trending
>>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

समाचार


राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ। चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन्

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा

काठमाडौँ। स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार राजवादीको निशानामा पर्यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् । आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको

राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् । आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका

जनकपुरमा हत्याको बिरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय तथा केही प्रहरीसमेत घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए । उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी

सम्वन्धित समाचारहरु