Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई >>   उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि >>   तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस् >>   लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टारको अध्यक्षमा ढकाल >>   आजको राशिफल : २०८२ साल साउन ०२ गते शुक्रबार >>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

संक्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियोः सरुवा रोग विशेषज्ञ डा. पुन


काठमाडौँ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण देखिइरहेको देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौं मानिस आवतजावत गर्ने हुनाले जोखिम पनि धेरै नै रहेको बताएका हुन् । संक्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परमामर्श लिन अनुरोध गरे । उनले शरीरमा आलश्यता, खान मन नलाग्ने र ज्वरो आएमा पक्कैपनि एमपक्स होला भनेर केही समय अलग बसेर परिवारका सदस्यलाई जोखिममा पर्नबाट जोगाउन आग्रह गरे ।

उनले भने, ‘एमपक्स जो विरामीमा पुष्टि भयो, उहाँहरुमा पनि जहाँ काम गर्नुहुन्छ झण्डै झण्डै ८० प्रतिशत नेपालीहरु नै छ । कतिपयमा मिल्दोजुल्दो लक्षणहरु देखिएको छ भन्ने कुरा पनि छ । यसले गर्दा जोखिमको कुरा गरिरहँदा भारतको खुला सीमाना र आवतजावत धेरै हुन्छ भनिरहँदा हामीलाई यो पनि थाहा छ कि नेपालमा अहिले विदेश जाने र त्यसमा पनि मध्यपूर्वी देशमा सबैभन्दा धेरै जाने हुनाले, दैनिक हजारौं मानिस आवतजावत गर्ने कारणले एउटा जोखिम चाहिँ छ । तसर्थ हामीले जहाँबाट संक्रमण आइरहेको भन्ने थाहा छ त्यतातिर उहाँहरु आइसकेपछि कमसेकम लक्षणहरु मिल्यो भने तपाईहरुले विशेषगरी विशेषज्ञसँग सल्लाह लिनुस् भन्ने सुझाव दिन्छु । र, पक्कैपनि यहाँनेर के गर्ने भन्ने प्रश्न आउँछ तपाईहरु यदि संक्रमण देखिइरहेको देशहरुबाट आउनुभएको छ भने यहाँ आइसकेपछि सकेसम्म अलिकति अलग बस्दा राम्रो । तर, यदि केहीगरी त्यो पनि भएन भने लक्षण अलि मिल्दोजुल्दो देखियो । शरीरमा आलश्य, खान मन नलाग्ने र ज्वरो आएको छ भने पक्कैपनि सम्भावना एमपक्स होला भनेर अलि अलग बसेर परिवारका सदस्यहरुलाई जोखिममा पर्नबाट आफैं जोगाउन सक्नुहुन्छ । अहिले पछिल्लो समयमा कोभिड फेरि सक्रिय भएको छ । पक्कैपनि यो त्यति राम्रो त होइन । प्यान्डामिक सकियो भनिरहेपनि यो हामीहरुकै साथमा रहेको छ । यो हराएको देखिएको छैन, बेला बेलामा हामीले तथ्यांकलाई आधार मान्ने हो भने सानोतिनो देखिन्छ संक्रमण ।’

उनले पछिल्लो समय कोभिड सक्रिय हुनु त्यति राम्रो नभएपनि प्यान्डामिक सकियो भनिरहँदा यो अझैपनि हामीहरुकै साथमा रहेको र नहराएको स्पष्ट पारे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?