
काठमाडौँ। नेपाली यु १६ क्रिकेट टोलीका कप्तान विपिन शर्माले मलेसियामा हुने एसिसीयु–१६ इस्ट जोन कपको उपाधि जितेर घर फर्कने बताएका छन् ।
आगामी जुन२२ देखि जुलाई ५ सम्म मलेसियाको बाङ्गीमा ५० ओभरको एसिसी यु १६ इस्ट जोन कप हुँदैछ । उक्त कपमा नेपालसहित १० राष्ट्रले चुनौती प्रश्तुत गर्नेछन् । नेपाल गत संस्करणकोच्याम्पियन पनि हो । यसै प्रतियोगिताका लागि खेल्न जाने बिदाइ कार्यक्रममा विपिनले नेपालयस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन रहेको र यस प्रतियोगिता जित्ने लक्ष्यसहित जानेबताए । उनले यु–१६ टोलीका लागि यो प्रतियोगिताले राम्रो गर्ने विश्वास पनि व्यक्त गरे । यस कपमा १० राष्ट्रले प्रतिस्पर्धा गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने टोली नेपाल हुनेउनको विश्वास छ । कप्तानविपिनले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो रहेकाले सन्तुलित टोली बनेको बताएकाछन् ।
सबै खेलाडीहरू राम्रो लयमा रहेको उनी बताउँछन् । उनले पछिल्लो समय खेलाडीहरू विभिन्नप्रतियोगितामा व्यस्त रहेको उल्लेख गरे । टोलीमा राम्रो तामेल पनि मिलिरहेको उनीबताउँछन् । त्यसैले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमा कप्तान विपिन विश्वस्त छन् । टोलीमादुई जना लेप्ट आर्म स्पिनर र एक जना फास्ट बलर पनि रहेको उनले उल्लेख गरेका छन् । समूह‘बी’ मा मलेसिया र हङकङ राम्रो टोली हुन सक्ने विपिनले औंल्याए । तर, पनिउनीहरूलाई हराउनेमा उनी विश्वस्त देखिए । पहिलोपल्ट कप्तान हुँदा दबाब हुने भए पनियसलाई अवसरको रूपमा लिएर अगाडि बढ्ने उनको लक्ष्य छ । नेपालक्रिकेट संघ (क्यान) ले एसिसी यु–१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली राष्ट्रियक्रिकेट टोलीको शुक्रबार एक कार्यक्रमका बीच बिदाइ गरेको थियो ।
क्यानका कोषाध्यक्षपदमबहादुर खड्का र प्रवक्ता छुम्बी लामालगायतले टोलीलाई बिदाइ गरेका थिए । सोअवसरमा नेपाली टोलीका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जसरी पनि उपाधि जित्ने बताए । प्रशिक्षणकालागि कम समय पाए पनि खेलाडीले एक महिनादेखि जिल्लास्तरिय हुँदै राष्ट्रिय प्रतियोगिताखेलिरहेको हुँदा सहज भएको उनी बताउँछन् । उनले सबै जान फिट रहेको बताए । टोलीसन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् । त्यसैले पनि उपाधि लिएरफर्किने उनले बताए । नेपालप्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमानेपालले मलेसियालाई पराजित गरेको थियो । यस संस्करणमा यी दुईसहित भुटान,इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्याण्डले सहभागिता जनाउनेछन् ।
नेपाल समूह ‘ए’ मा छ । यस समूहमा सिंगापुर इन्डोनेसिया,भुटान र जापान छन् । अर्को समूह ‘बी’ मा मलेसिया, थाइल्याण्ड, हङकङ, माल्दिभ्स र म्यानमार छन् । नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानको सामना गर्नेछ । नेपालीटोलीमा विपिनप्रसाद शर्मा (कप्तान), रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी,शूर्यान्सु कोइराला (उपकप्तान), जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांशबजगाईं (विकेटकिपर) ,सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, परिमर्जन यादव(विकेटकिपर) र रोशन साही छन् ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार