Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जुम्ला। यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजारलगायत सुर्खेत गएका

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

काठमाडौं। सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । त्यसैगरी, सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् । कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि

पत्रकारहरूको पेसागत असुरक्षा मुख्य चुनौती, सन् २०२३ सन्तोषजनक रहेन : पत्रकार महासङ्घ

काठमाडौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि प्रेस स्वतन्त्रता हननका घटना भएको महासङ्घले जनाएको छ । यो वर्ष पत्रकारहरूको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको महासङ्घले जनाएको छ भने सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका

कुमार प्रयास र विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा

काठमाडौं। कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् । त्यस्तै, आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् भने आगामी

चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् । उनीहरु चारै

वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

दोधारा चाँदनी,कञ्चनपुर।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए । “इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति

चितवन। देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । उक्त समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो । सो समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले

मनोरम दृश्यले भरिपूर्ण नरपानीमा पर्यटक बढे

अर्घाखाँची। नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन् भने मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ । त्यस्तै, नरपानीमा कपिलबस्तु,

राष्ट्रियसभामा श्रमिकको प्रतिनिधित्वको माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र

काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो । युनियनको पदाधिकारी

सम्वन्धित समाचारहरु