Trending
>>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन >>   असार ५ गते काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु बन्द हुने >>   एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छः अर्थमन्त्री पौडेल >>   काँग्रेस नेता शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा >>   युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्वः अध्यक्ष दाहाल >>   इरानमा सैन्य अभियान जारी राख्छौँः इजरायल >>   राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्योः प्रा.डा. आर.पी विच्छा >>   इजरायली सेनाको आक्रमणबाट दक्षिण गाजामा ५१ प्यालेस्टिनीहरूको मृत्यु >>   पर्यटकको रोजाइमा लटारम्मेश्वर
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद


दोधारा चाँदनी,कञ्चनपुर।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।
आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए । “इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ”, उनले भने, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विराममा वीपिनको रिहाइ हुनेमा आश्वस्त पारेका छन् ।
त्यस अवसरमा वीपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ ।” उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।
मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रुपमा अघि बढिरहेको दाबी गरे । “अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो”, मन्त्री साउदले भन्नुभयो, “परराष्ट्र नीति छमेकीहरुलाई प्राथमिकता दिएर सन्तुलित रुपमा अघि बढिरहेको छ ।”
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत् खरिद गर्ने विषयमा दुईदेश बीचसम्झौता भएको उल्लेख समेत गरे ।

प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?