Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

मनोरम दृश्यले भरिपूर्ण नरपानीमा पर्यटक बढे


अर्घाखाँची। नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन् भने मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ ।

त्यस्तै, नरपानीमा कपिलबस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन् भने विशेष गरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा–६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताए ।

नरपानी कपिलबस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ । नरपानीमा हाल गङ्गा सरोवर निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले नगरपालिकाले योजना बनाएको छ । त्यस्तै, गङ्गा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताएका छन् ।

नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ रहेको छ भने विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ ।

उक्त मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए । सो मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?