Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ


काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् । उनीहरु चारै जनाको स्थायी ठेगाना भने सिन्धुपाल्चोक हो ।

त्यसैगरी, चार जनाको समूहले रसुवाका हिस्सी थाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए भने हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए ।

उनीहरुबाट छुटेपछि तामाङले दिएको उजुरीका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । हिस्सी हाइड्रोपावर कम्पनीमा काम गर्थे । उनीसँग चिनजान भएको व्यक्तिले नै अपहरण गर्न लगाएको प्रहरीको अनुसन्धानबाट देखिएको र सो घटनामा मुख्य योजनाकार मानिएका उनीहरु दुई जना भने फरार छन् ।

पक्राउ परेकाहरुले तामाङलाई अपहरण गरेको र रकम लिएको स्वीकार गरेका छन् भने चेक साटेर आएको रकम २र२ लाख रुपैयाँ आफूहरुले बाँडेको र ५ लाख रुपैयाँ भने योजनाकारमध्येका एक दावाले लगेको बताएका छन् ।

यो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?