Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति


चितवन। देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । उक्त समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो ।

सो समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार उपसमिति गठन गरी संयोजक तोक्ने काम सम्पन्न भइसकेको र कार्य विभाजनअनुसार काम सुरु भएको छ । समितिले तीन जिल्लाका सुरक्षा निकाय प्रमुखसँग पहिलो चरणको छलफल गरिसकेको छ भने विशेष गरी चितवन हुँदै आउने भक्तजनको चाप बढी हुने भएकाले सो क्षेत्रमा व्यवस्थापनको कामलाई तीव्र पारिएको हो ।

उक्त मेलामा हुनसक्ने आकस्मिक दुर्घटनालाई रोक्नका लागि नदीको गहिराइ पहिचान गरी क्षेत्र निर्धारण गर्ने, भक्तजनलाई स्नानपछि कपडा परिवर्तनका लागि ‘चेन्जिङ रुम’को निर्माण गर्ने, अस्थायी शौचालय निर्माण, घुम्ती शौचालयको व्यवस्थापन, डुङ्गा व्यवस्थापन, टेलिकमका टावर व्यवस्थापनलगायत कामका लागि समन्वय भइरहेको उनले बताए ।

त्यस्तै, देवघाट स्नान गर्न आउने भक्तजनलाई झोलुङ्गे पुलको विकल्पमा कालीगण्डकी पुल, ठिमुरा र दासढुङ्गा पुलको प्रयोग गर्न उनले आग्रह समेत गरे । उनले भने, “झोलुङ्गे पुल पुरानो भएकाले जीर्ण भएको अनुमान गरिएको छ, त्यसैले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।” अघिल्लो वर्षको तुलनामा भक्तजन बढ्ने आँकलन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष तीन लाख ५० हजार भक्तजनले देवघाटमा स्नान गरेका थिए भने यस वर्ष पाँच लाखले स्नान गर्ने अनुमान गरिएको छ । भक्तजनको चापअनुसार समितिले एक सय ५० स्वयंसेवक परिचालन गर्न लागिएको उनले बताए ।

 

उनले टाढाबाट आएका सवारीसाधनलाई पार्किङ लागि छुट्टै व्यवस्थापन गरिएको समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?