काठमाडौं। टी-२० विश्वकपमा छनोट हुन नेपालले भोलि युएईसँग खेल्ने भएको छ । उक्त समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो । समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदानमा उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन । उता मूलपानीमा भएको समूह बीको
काठमाडौं। जुवाको खेलबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार धरौटीमा छाडेको हो । तत्कालीन समयमा प्रहरीले जुवाको खेलबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो भने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोध
मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए । त्यस्तै खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी
वालिङ,स्याङ्जा। स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए ।“सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी
मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । यहाँ
वीरगञ्ज,पर्सा। मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा
डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका-७ का वर्ष १८ का शालीन राना मास्केमगर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थबले जनाएका छन । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ सु.प.प्र.०१००२ट ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर तोलाको एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको
वासिङ्टन डिसी। परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् । मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताउदै नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास
नवलपुर। नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा