Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु


२० ,मङ्सिर ,मोरङ । विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका जलेको अवस्थामा एउटा शव घटनास्थलमा भेटिएको छ ।

विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान र सोही स्थान बस्ने ६० वर्षीया रिता सदरदार गम्भीर घाइते भएका छिन् । विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएका छन् ।

विराटनगरकासहित छ वटा बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

घाइतेहरुको न्यूरो अस्पताल र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीका कारण एवं क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?