Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली


२० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताए ।

अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उनले बताए । अहिलेको सरकारले एमालले खबरदारीसँगै रचनात्मक सहयोगसमेत गर्दै आएको अध्यक्ष ओलीले बताए ।

एमालेले नेपाली जनताको हरेक दुःखमा साथ दिँदै आएको भन्दै बाढी पहिरो होस् या भूकम्प हरेक विपद्का पीडितको पीडामा मलम लगाउने काम गरेको बताए ।

अघिल्लो महिना गएको भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको र आठ सय बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको उनको दाबी छ ।

अध्यक्ष ओलीले भने, “एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ, अब दलहरुले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ, मुलुकमा विकासले विस्तारै गति लिँदैछ, अब हरेक ठाउँमा प्राविधिक शिक्षाको पढाइ हुने वातावरण तयार गर्नुपर्छ, गाउँलाई प्रविधिसँग जोडेर समृद्धि हासिल गर्नु जरुरी छ ।”

एमालेले मध्यपहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्नका लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्रा थालेको बताए । यात्राका क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको अध्यक्ष ओलीको भनाइ छ ।

मङ्सिर १४ गतेदेखि सुरू भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?