Trending
>>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’


२० ,मङ्सिर ,गण्डकी । नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए ।

प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले बताए । फिल्ममा अधिकारीसँगै, आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतीलगायत कलाकारको अभिनय रहेको जनाइएको छ ।

फिल्मको कथा पनि अधिकारीले नै लेखेका हुन् । दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए ।

फिल्मले काठमाडौँ र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उनको भनाइ छ । नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा फिल्मको छायाङ्कन गरिएको अधिकारीले बताए ।

९९ सिनेमाज्को ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेका छन् । उक्त फिल्मलाई ओटिटी ल्पेटफर्म अमेजन प्राइम भिडियोमासमेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?