Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड


२१ , मङ्सिर ,तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले बेरोजगारी बढेपछि युवा पलायन भएका भन्दै उनीहरूलाई रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता विदेशिने क्रम बढ्दा वैदेशिक मुद्रा सञ्चितिमा पनि त्यसले प्रभाव पारेको वास्तविकता सुनाउँदै पूर्वमन्त्री जोशीले शैक्षिक क्षेत्रको सुधार तथा व्यावसायिक शिक्षाको विकासका निम्ति सरकार गम्भीर हुनुपर्ने बताए ।

त्यस अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, बिपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्वप्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रवीन्द्रराज जोशीले मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?