Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना


२० ,मङ्सिर ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पुर्याउन सक्ने उनले बताए ।

हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको उनले बताए ।

उनले भने, “समूहमा आएका हात्तीभन्दा बथान छोडेर आएका हात्ती खतरनाक हुन्छन् । सबैले सावधानी अपनाउनुपर्छ ।” मकुना कोशी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ । बथान छोडेर आएको हात्ती अरुभन्दा उग्र हुने हुँदा बस्ती पस्ने, क्षति गर्नेलगायतका काम गर्नसक्ने उनको भनाइ छ ।

निकुञ्जका अनुसार बथान छोडेर आएका योसमेत चार वटा हात्ती यहाँ रहेका छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे यसअघि आएका थिए । यी हात्तीले समय समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गरेको तिवारीले जानकारी दिए ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?