काठमाडौं। नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरे । उक्त प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनी अवलोकनबाट
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ । उच्च शिक्षाका समग्र व्यवस्थापन, विश्वविद्यालयको सञ्चालन र नियमलाई व्यवस्थित गर्न यो छाता कानुनको माग हुँदै आएको थियो । उक्त मन्त्रालयले सुझावका लागि वेवसाइटमार्फत सार्वजनिक गरेको सो
जुम्ला। जुम्ला-डोल्पा हुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए । त्यस्तै, गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई
काठमाडौं। निर्देशक मीन भामको फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ । त्यस्तै, फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो । बागमतीका लागि आशुतोष घिराइयाले ४४
दीपायल,डोटी। डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए । त्यस्तै, माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट
काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा कोशीको यो लगातार सातौँ हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । त्यस्तै, मूलपानी क्रिकेट मैदानमा जितका लागि
मुगु,रारा। चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो । त्यस्तै, गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो भने चरा गणना गर्न
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् । गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यस्तै, माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईईबारे निर्णय गरेको थियो भने