Trending
>>   अहिले आक्रमण भइरहेको छ, पार्टी निर्णयविरुद्ध जान हुँदैन : पोखरेल >>   निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र >>   अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी >>   कर्मचारीतन्त्रको स्थायित्व र गुणस्तरीय सेवा प्रवाहका लागि आवधिक सरुवा प्रणाली लागू गर्नुपर्छः लोकसेवा आयोग >>   ‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’ >>   ‘बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब’ >>   साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी >>   देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा >>   सीमानाकाबाट भित्रिने पर्यटकहरु प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँः अध्यक्ष जोशी >>   पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैनः मन्त्री पाण्डे
Logo
१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

चिसो छल्न  रारा आएका पाहुना चरा गणना


मुगु,रारा। चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो ।

त्यस्तै, गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयको सहयोग सहभागिता रहेको थियो भने चरा गणना गर्न निकुञ्जले चार समूह बनाएर चराको सधैँ बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँमा खटाई सोमबार बिहान ९ देखि ११ बजेसम्म गणना गरिएको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

चारवटै टोलीले ल्याएका चराको सङ्ख्या, प्रजातिलाई छुट्याउँदा यो मौसममा साइबेरिया र मानसरोवरबाट चिसो छल्न सोमबारसम्म कोम्मोन कोड (मरुल) एक सय ७८, टुप्टेड डक (कालिजुरे हास) ८१, खोया हास तीन, हरियो टाउके हाँस एक, सुनजुरे हाँस एक सय १७ र सिउरी डुबुल्के हाँस १२ गरी कूल तीन सय ९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए ।

उनका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै आउने क्रममा धेरै चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको र पुस तथा माघमा रारा पुगेका पाहुना चरा चार/पाँच महिनाको रारा बसाइपछि फर्किन्छन् ।

त्यस्तै, पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् भने पाहुना चरा निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत चरा प्रशस्त देख्न सकिन्छ ।

उक्त तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चरा उक्लिने गरेका छन् भने चरा राति बास बस्न ताल नजिकका ढुङ्गेओढार र रूखमा आउने गरेका छन् । त्यस्तै, मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराचुरुङ्गी देखिनाका साथै चिरबिर आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ रोकायाले बताए ।

प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् भने कुन वर्ष कति पहुना चरा आए भनेर निकुञ्जले चराको गणना गर्ने गर्दछ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?