Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

निजी क्षेत्र चलायमान बनाउने गरी नीतिगत सुधार आवश्यकः निजी क्षेत्र


काठमाडौँ । निजी क्षेत्र चलायमान हुनेगरी नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका दुई छाता संगठनका नेतृत्वले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु निजी क्षेत्र चलायमान बनाउने हुनु पर्नेमा जोड दिए । निजी क्षेत्रले समग्र मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यले नीतिगत सुधार गर्न जरुरी रहेको बताए । उनीहरुले मुलुकको अर्थतन्त्रका वाह्य सूचक तथा बैंकिङ प्रणालीमा ७ खर्ब रकमको तरलता हुँदा पनि मुलुक आर्थिक मन्दी देखिनु राम्रो सकेत नभएको बताए । उनीहरुले ३ वर्षअघि माग संकुचन पार्न ल्याइएका प्रावधान तुरुन्तै फिर्ता लिइनुपर्ने माग समेत राखेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बैंकहरुमा ७ खर्ब बढी लगानी योग्य रकम एकल अंकमा ब्याजदर हुँदा पनि आर्थिक मन्दी हुनु आफैमा गम्भिर विश्लेषण गर्नुपर्ने बेला आएको बताए । उनले विगतको बोझबाट उन्मुक्ति नभएसम्म निजी क्षेत्र लगानी गर्न उत्साहित हुने अवस्था नभएकोबताउदै उनले निजी क्षेत्रको रिक्स वेरिङ क्षमता अत्यन्तै न्युन हुँदै गएको उल्लेख गरेका छन् ।

उनले बैंकिङ क्षेत्रको मुहान नै निजी क्षेत्र भएको भन्दै उद्योगी व्यवसायीहरुबाट आर्जित ब्याजले मात्रै बैंकिङ क्षेत्र चलायमान हुने दाबी गर्दै उनले बैंकहरुको मुहान निजी क्षेत्र क्षतिग्रस्त भएकाले नीतिगत कडाई भन्दा पनि राज्यले निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको अहिलेकै अवस्था रहेमा बैंक तथा वित्तीय संस्थामा समेत आगामी दिनमा ठूलो समस्या आउने देखिएको जानकारी दिंदै निजी क्षेत्र चलायमान हुने खालका नीतिगत सुधार आवश्यक रहेको र चालु पुँजी कर्जालाई पूर्ण रुपमा खारेज गरिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पोण्डेले मुलुकको विदेशी विनिमय सञ्चिति, शोधनान्तर बचतको हिसावले वाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र निकै समस्या रहेको बताउदै उनले बैंकहरुमा लगानीयोग्य रकम ७ खर्बको हाराहारीमा पुग्न लागेको बताएका छन् । उनले ब्याजदर एकल विन्दुमा झरेता पनि लगानीकर्ताले लगानी गर्न नसकेको र नीतिका कारण लगानीकर्ताले बैंकबाट कर्जा लिनसक्ने अवस्था नभएको भन्दै उद्योगीहरु कर्जा लिन जान छाडेको उल्लेख गरेका छन् । उनले बजारमा मागको निकै कमी भएको र उद्योगहरु ३०÷४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको उल्लेख गर्दै उनले विदेशी मुद्रा सञ्चितिमा चाप पर्दा तीन वर्ष अगाडि लिइएको नीति सही समयमै सुधार नहुँदा अहिले अर्थतन्त्रले त्यसको असर भोगिरहेको दाबी गरे । उनले विगतमा सरकारले ल्याएका नीतिको कारण अहिले बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा पनि परिसकेको बताउंदै उनले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा लगानी बिस्तार गर्न नसक्दा बैंकहरुमा पैसा बसिरहने अवस्था रहेको बताएका छन् ।

उद्योगी व्यवसायीहरुले पछिल्ला समयमा केही सुधारको प्रयास भएपनि यतिले मात्रै पुग्ने अवस्था नभएको बताएका छन् । उनीहरुले तीन वर्ष अगाडि मागलाई संकुचन पार्न जे जस्ता नियामकीय प्रावधानहरु पूर्णरुपमा सरकारले फिर्ता लिनु पर्नेमा जोड दिए । उनीहरुले सरकारले अर्थतन्त्रलाई अगाडि बढाउन पुँजीगत खर्च बढाउने, वस्तुहरुको खपत बढाउने नीति अवलम्बन गर्ने, सम्भव भएसम्मका स्वदेशी वस्तुहरुको नै प्रयोग गर्ने, नियामकीय व्यवस्थाहरुमा व्यापक सुधार गर्न सुझाव दिए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दिगो विकासका लागि नीतिगत तथा कानूनी सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड छ ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?