Trending
>>   मधेसमा रातो बलको क्रिकेट शुरु >>   काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जानेछः रास्वपा प्रमुख सचेतक परियार >>   ‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’ >>   संविधान संशोधनका क्रममा संघीयता र व्यवस्थामाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार >>   हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड >>   गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु >>   रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन >>   रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार छः मुख्यमन्त्री सिंह >>   सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने >>   विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ
Logo
२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

‘बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब’


काठमाडौँ । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् ।

नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सिमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ । बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेका छन् ।

पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन । त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ ।

बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पुर्‍याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ ।

बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताएका छन् ।

उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताएका छन् ।

उनले खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गरे । उनले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरेका छन् ।

उनले प्रभावकारी नियमन भएपनि बैंकको सम्पति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताए । उनले बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको बताएका छन् ।

उनले अहिले बजारमा ७ सय अर्ब बढी तरलता भएपनि व्यक्तिको हातमा तरलता नभएको बताए । उनले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको उल्लेख गरेका छन् ।

उनले उद्योगी व्यवसायीहरुमा धेरै कर्जाको भार भएकाले अहिले थप कर्जा लिनसक्ने अवस्था नभएको र जोखिम व्यहोर्नसक्ने क्षमता नभएको दाबी गरे । उनले उधारो व्यापारको कारण समस्या बन्दै गएको जानकारी दिएका छन् ।

उनले २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता नभएको र समस्याग्रस्त हुने सहकारीमा थप गरी करिव ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको बताए । खनालले वाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्रको सबलता बढ्नुपर्ने बताएका छन् ।

उनले आन्तरिक क्षेत्र बलियो नभएको कारण निर्यातमा कमी देखिएको र यसले वाह्य क्षेत्रको विकासमा चुनौति सिर्जना गरेको बताएका छन् । उनले निजी क्षेत्रको लगानी वृद्धि र फस्टायो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरेका छन् ।

उनले भने ,‘ नेपालको अर्थतन्त्रमा केही अन्तरविरोधहरु देखिएका छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन प्रभावकारी छ भने अर्कोतिर बैंकहरुको खराब सम्पतिको आकार बिस्तार हुँदै गएको छ । खराब सम्पतीको देखिने आकार मात्रै विस्तार भएको होइन नदेखिने आकडा कहालिलाग्दो छ । त्यसले अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले भएन ऋणीकै तहमा पुग्नुपर्छ भनेर केही बैंकहरु तोकेको छ । बैंकले कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोग कसरी गर्‍यो छानविन गर्नुपर्छ भनेर प्रश्न उठाएको छ । प्रभावकारी नियमन तर सम्पतिको स्तर राम्रो हुन नसक्नु र चाहेको क्षेत्रमा लगानी प्रवाह हुन सकेको छैन । बैंक तथा वित्तिय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी छैन । अहिले बजारमा अत्याधिक तरलता छ । ७ सय अर्ब बढी तरलता छ । तर व्यक्तिको हातमा तरलता छैन । बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको छ । कर्जा लिन सक्ने व्यवसायीहरुको पनि सामथ्र्य छैन । जोखिम व्यहोर्नसक्ने क्षमता व्यवसायीहरुको कमजोर बन्दै गएको छ । अत्याधिक कर्जाको भारको कारणले थप कर्जा लिन सकेको अवस्था छैन । उधारो व्यापारको कारण समस्या बन्दै गएको छ । विश्वमा नै उधारो असुली कमजोर बन्दै गएको छ । २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता गरेका छैनन् । अर्को समस्याग्रस्त हुने सहकारीमा थप गरी करिव ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको छ । मानिसहरुको क्रय शक्ति कम हुँदा मागमा कमी आएको छ । अर्को अन्तर विरोध वाह्य क्षेत्र हो । राम्रो छ । तर आन्तरिक अर्थतन्त्र सुस्त छ । सामान्यतया वाह्य अर्थतन्त्र राम्रो हुँदा आन्तरिक अर्थतन्त्र राम्रो हुनुपर्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब देखिएको बताएका छन् । उनले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताएका छन् ।

उनले बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गरे । उनले बैंकको सम्पती लोनको धितो नै ८० प्रतिशत रहेको बताएका छन् । उनले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताएका छन् ।

उनले २०४० सालमा जब निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गरे । उनले अहिले कुल जिडिपिको ९० प्रतिशत कर्जा निजी क्षेत्रको ऋण पुगेको बताए । उनले बैंकबाट कर्जा लिनेहरु अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताए । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौति समाधान गर्नको लागि एकजुट हुनुपर्नेमा जोड दिए । उनले बैंकहरुको खराब कर्जा बढेर गएको बताए । उनले बैक विरुद्ध विभिन्न खालका नकारात्मक गतिविधिहरु हुने गरेको बताएका छन् ।

उनले देशमा बैंक तथा वित्तिय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे । उनले बैंकहरुले जनताको पैसा लगानी गरेकाले बैंकमा र्फिता आउन सकेन भने अफ्ठ्यारो अवस्था आउने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको बताए । उनले जलविद्युतमा बैंकको लगानीकै कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताएका छन् ।

उनले सिमेन्टमा पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको बताएका छन् । उनले स्टिल,सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीको कारण भएको उल्लेख गरे ।

उनले बैंकहरुले उद्योग व्यवसायीमा ७२ प्रतिशत बढी लगानी गरेको दाबी गरे । उनले कृषि क्षेत्रमा बैंकको लगानी नभएको आरोप लाग्दै आएको बताए । उनले कृषि क्षेत्रमा बैंकको लगानी हुनुमा बैंकहरु मात्रै उत्तरदायित्व भित्र नभएको बताएका छन् ।

उनले कृषिमा राज्यले दिन सक्ने सुविधा दिन नसक्दा कृषकले कर्जा तिर्न नसक्ने देखेर लगानी नगरेको स्पष्ट गरेको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?