Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष डा.अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताए। उनले सरकार र निजी क्षेत्र एकसाथ हिँड्दा अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास जनाउदै उनले पछिल्लो अर्थतन्त्रका विषयमा सबैले आफ्नो अनकुलको व्याख्या गर्दै आएकाले छुट्टै बहसको आवश्यकता रहेको बताएका छन् । उनले अर्थतन्त्र चलायमान बनाउन कस्तो मकानिजम,सञ्चालन र नियमनकारी निकाय कस्तो बनाउने विषयम छलफल गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

उपाध्यक्ष डा.अधिकारीले सरकारले अर्थतन्त्रको सुधारको काम गर्न नसक्ने अवस्था भए निजी क्षेत्र पनिसँगै लिएर जानुपर्नेमा जोड दिए । उनले अहिले अर्थतन्त्रलाई बुस्टिङ गर्न आवश्यक रहेको भन्दै उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले त्यो काम गर्ने विश्वास रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकल प्रयासले मात्रै सम्भव नभएको बताए ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?