Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः उपाध्यक्ष अधिकारी


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष डा.अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताए। उनले सरकार र निजी क्षेत्र एकसाथ हिँड्दा अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास जनाउदै उनले पछिल्लो अर्थतन्त्रका विषयमा सबैले आफ्नो अनकुलको व्याख्या गर्दै आएकाले छुट्टै बहसको आवश्यकता रहेको बताएका छन् । उनले अर्थतन्त्र चलायमान बनाउन कस्तो मकानिजम,सञ्चालन र नियमनकारी निकाय कस्तो बनाउने विषयम छलफल गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

उपाध्यक्ष डा.अधिकारीले सरकारले अर्थतन्त्रको सुधारको काम गर्न नसक्ने अवस्था भए निजी क्षेत्र पनिसँगै लिएर जानुपर्नेमा जोड दिए । उनले अहिले अर्थतन्त्रलाई बुस्टिङ गर्न आवश्यक रहेको भन्दै उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले त्यो काम गर्ने विश्वास रहेको बताएका छन् । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकल प्रयासले मात्रै सम्भव नभएको बताए ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?