Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैनः मन्त्री पाण्डे


काठमाडौँ । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालको हरेक ठाउँहरु पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।

उनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरु प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरु समयमै सम्पन्न गर्न नसकिएको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए । उनले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताए । उनले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत बताएका छन् ।

उनले भने , ‘पर्यटन बोर्ड अथवा पर्यटन विभागतिर पर्यटन गन्तव्य बनाइदिन भन्दै धेरै प्रश्तावहरु आउने गरेका छन् । नेपालको कुन त्यस्तो टकुरा छैन ? कुन त्यस्तो भुगोल छैन ? जैविक विविधतादेखि लिएर विभिन्न कारणले पर्यटन गन्तव्य बनाउनुपर्ने ठाउँहरु छन् । त्यसलाई प्राथमिकिकरण कसरी गर्ने ? प्राथमिकताहरुको प्राथमिकिकरण कसरी गर्ने भन्नेमा हामी सबैको ध्यान जानुपर्छ । हामी सबै यसमा त्यो हुन्न भन्दा पनि कसरी गर्न सकिन्छ भनेर काम गर्न जरुरी देख्छु मैले । हामी सबै अहिले यही विषयमा अल्झिरहेको जस्तो देखिन्छ । प्राथमिकिकरणका हिसावले अगाडि बढाउँछ भन्ने मलाई विश्वास छ । हामीले मन्त्रालय विषेश समितिलाई सक्रिय गराएर निजी क्षेत्र, पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायहरुलाई समन्वय प्रबन्ध मिलाउनुपर्नेछ । अर्को तीन तहको सरकारको प्रवन्ध पनि मिलाउनुपर्नेछ । मेचीदेखि महाकालीसम्म खोलिन होटल र होटलको मापदण्ड एउटै भएन भनेदेखि आप्ठ्यारो पर्छ भनेर त्यसमा स्थानीय तह र प्रदेश तह समेत संलग्न भएको विषय समितिलाई सक्रिय बनाएर त्यसको मापदण्ड गर्ने एउटा कार्यदल बनाएका छौं । मापदण्ड तयारी हुँदैछ । पदमार्गहरुको पनि एउटै खालको मापदण्ड चाहिने रहेछ । एक प्रकारको मापदण्ड अनुसार बनाउन सकेनौ भने पैदलयात्रीको दुर्घटनाको कारण बन्न सक्दो रहेछ । यसको पनि मादण्ड बनाउने गरिहामी हामेवर्क गरिरहेका छौं । यी विषयहरुमा हामी हरेक ठाउँमा अगाडि राखेका छौं ।’

उनले पर्यटन प्रवद्र्धन गर्नको लागि सरोकारवाला सबै निकायहरुले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?