Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पर्यटन गन्तव्य बनाउँदा सरकार प्राथमिकीकरणको विषयमा अल्झिँदैनः मन्त्री पाण्डे


काठमाडौँ । सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालको हरेक ठाउँहरु पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन् ।

उनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरु प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरु समयमै सम्पन्न गर्न नसकिएको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताए । उनले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताए । उनले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत बताएका छन् ।

उनले भने , ‘पर्यटन बोर्ड अथवा पर्यटन विभागतिर पर्यटन गन्तव्य बनाइदिन भन्दै धेरै प्रश्तावहरु आउने गरेका छन् । नेपालको कुन त्यस्तो टकुरा छैन ? कुन त्यस्तो भुगोल छैन ? जैविक विविधतादेखि लिएर विभिन्न कारणले पर्यटन गन्तव्य बनाउनुपर्ने ठाउँहरु छन् । त्यसलाई प्राथमिकिकरण कसरी गर्ने ? प्राथमिकताहरुको प्राथमिकिकरण कसरी गर्ने भन्नेमा हामी सबैको ध्यान जानुपर्छ । हामी सबै यसमा त्यो हुन्न भन्दा पनि कसरी गर्न सकिन्छ भनेर काम गर्न जरुरी देख्छु मैले । हामी सबै अहिले यही विषयमा अल्झिरहेको जस्तो देखिन्छ । प्राथमिकिकरणका हिसावले अगाडि बढाउँछ भन्ने मलाई विश्वास छ । हामीले मन्त्रालय विषेश समितिलाई सक्रिय गराएर निजी क्षेत्र, पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायहरुलाई समन्वय प्रबन्ध मिलाउनुपर्नेछ । अर्को तीन तहको सरकारको प्रवन्ध पनि मिलाउनुपर्नेछ । मेचीदेखि महाकालीसम्म खोलिन होटल र होटलको मापदण्ड एउटै भएन भनेदेखि आप्ठ्यारो पर्छ भनेर त्यसमा स्थानीय तह र प्रदेश तह समेत संलग्न भएको विषय समितिलाई सक्रिय बनाएर त्यसको मापदण्ड गर्ने एउटा कार्यदल बनाएका छौं । मापदण्ड तयारी हुँदैछ । पदमार्गहरुको पनि एउटै खालको मापदण्ड चाहिने रहेछ । एक प्रकारको मापदण्ड अनुसार बनाउन सकेनौ भने पैदलयात्रीको दुर्घटनाको कारण बन्न सक्दो रहेछ । यसको पनि मादण्ड बनाउने गरिहामी हामेवर्क गरिरहेका छौं । यी विषयहरुमा हामी हरेक ठाउँमा अगाडि राखेका छौं ।’

उनले पर्यटन प्रवद्र्धन गर्नको लागि सरोकारवाला सबै निकायहरुले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?