Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उहाँहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताए ।

उनले पूर्वराष्ट्रपति द्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताए । उनले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै उहाँले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताए । उनले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताएका छन् ।

उनले भने , ‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरु जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरुको कथाहरु लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरुको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिबाट भुतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने ? भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झण्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरुले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ । स्वतन्त्रताको सम्मान गर्छु । तर यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शितल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’

महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?