Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

सीमानाकाबाट भित्रिने पर्यटकहरु प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँः अध्यक्ष जोशी


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सीमानाबाट भित्रिने पर्यटकहरु प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले प्रहरी चेकिङको आतंकले पर्यटकहरु निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गरेका हुन् ।

उनले पर्यटन प्रवद्र्धनका लागि नेपालले भारतको अयोध्या लगायतका क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताए । उन्ल,ए पर्यटन प्रवद्र्धनको लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताएका छन् ।

उनले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरुसँग सहयोग लिनुपर्ने बताए । उनले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर गरेका छन् ।

उनले भने , ‘अर्काको गन्तव्य जानको लागि पर्यटकहरुलाई सहज भएन भने जहाँ सहज जाने प्रचलन छ । यसका लागि हामीले तत्काल केही गर्नसक्यौं भने फाइदा हामीले लिनसक्छौं । भारतको अयोध्या सबैभन्दा धेरै पर्यटन घुम्ने ठाउँ बनेछ । त्यहाँ नेपालको इन्फरमेसन सेन्टर राख्यौं भने त्यसले हाम्रो जनकपुर र अन्य क्षेत्रमा पनि पर्यटन प्रवद्र्धन हुनसक्ने देखिन्छ । कतिपय देशमा हाम्रो आफ्नो पूर्वाधार एकदमै कमजोर छ । त्यसकारण हामीले छिमेकी देशका पूर्वाधारहरु लिब्रेज गरेर पनि लाभ लिन सकिन्छ । पर्यटन प्रवद्र्धनको लागि सीमानाकामा इमिग्रेसनका, पूर्वाधारको र सिमाभित्र छिरिसकेपछि पर्यटलाई ठाउँ ठाउँमा हुने ह्यासलहरु, अहिले प्रहरीबाट हुने चेकिङमा डिस्टवेन्स एकदमै बढेको छ । त्यसकारण डिस्करेजिङ इमेज छ । त्यो मात्र हुन सक्यो भने हामीले पर्यटन क्षेत्रमा निकै राम्रो लाभ लिन सक्ने स्थिति देखेका छौ. । त्यतातिर पनि सहजिकरणका लागि हामी अनुरोध गर्दछौं । क्यालिटी इन्भेस्टमेन्ट नभएसम्म क्वालिटी टुरिस्ट ल्याउन गाह्रो हुने अवस्था छ । त्यसकारण क्वालिटी टुरिजमका लागि क्वालिटी इन्भेस्टमेन्ट आवश्क छ ।’

उनले पर्यटन प्रवद्र्धनको लागि नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?