Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सीमानाकाबाट भित्रिने पर्यटकहरु प्रहरी चेकिङबाट निरुत्साहित भए, सुधार गरौँः अध्यक्ष जोशी


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सीमानाबाट भित्रिने पर्यटकहरु प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले प्रहरी चेकिङको आतंकले पर्यटकहरु निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गरेका हुन् ।

उनले पर्यटन प्रवद्र्धनका लागि नेपालले भारतको अयोध्या लगायतका क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताए । उन्ल,ए पर्यटन प्रवद्र्धनको लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताएका छन् ।

उनले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरुसँग सहयोग लिनुपर्ने बताए । उनले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर गरेका छन् ।

उनले भने , ‘अर्काको गन्तव्य जानको लागि पर्यटकहरुलाई सहज भएन भने जहाँ सहज जाने प्रचलन छ । यसका लागि हामीले तत्काल केही गर्नसक्यौं भने फाइदा हामीले लिनसक्छौं । भारतको अयोध्या सबैभन्दा धेरै पर्यटन घुम्ने ठाउँ बनेछ । त्यहाँ नेपालको इन्फरमेसन सेन्टर राख्यौं भने त्यसले हाम्रो जनकपुर र अन्य क्षेत्रमा पनि पर्यटन प्रवद्र्धन हुनसक्ने देखिन्छ । कतिपय देशमा हाम्रो आफ्नो पूर्वाधार एकदमै कमजोर छ । त्यसकारण हामीले छिमेकी देशका पूर्वाधारहरु लिब्रेज गरेर पनि लाभ लिन सकिन्छ । पर्यटन प्रवद्र्धनको लागि सीमानाकामा इमिग्रेसनका, पूर्वाधारको र सिमाभित्र छिरिसकेपछि पर्यटलाई ठाउँ ठाउँमा हुने ह्यासलहरु, अहिले प्रहरीबाट हुने चेकिङमा डिस्टवेन्स एकदमै बढेको छ । त्यसकारण डिस्करेजिङ इमेज छ । त्यो मात्र हुन सक्यो भने हामीले पर्यटन क्षेत्रमा निकै राम्रो लाभ लिन सक्ने स्थिति देखेका छौ. । त्यतातिर पनि सहजिकरणका लागि हामी अनुरोध गर्दछौं । क्यालिटी इन्भेस्टमेन्ट नभएसम्म क्वालिटी टुरिस्ट ल्याउन गाह्रो हुने अवस्था छ । त्यसकारण क्वालिटी टुरिजमका लागि क्वालिटी इन्भेस्टमेन्ट आवश्क छ ।’

उनले पर्यटन प्रवद्र्धनको लागि नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?