Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

बर्लिन फिल्म फेस्टिभलमा मीनको ‘साम्बाला’


काठमाडौं। निर्देशक मीन भामको फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ ।

त्यस्तै, फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा छन् । मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको बताए । उनले कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए ।

उक्त फिल्म डोल्पाको ४ हजार मिटर माथिको उचाईमा छायाङ्कन गएको हो । मीनका अनुसार यो फिल्मको सुटिङ २३ दिनको समयावधिमा सकिएको थियो भने बहुपति प्रथाको पृष्ठभूमिमा तयार पारिएको फिल्ममा मीन र अविनाशविक्रम शाहका लेखन छ ।

मीनले हराएको श्रीमानको खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन फिल्मको प्रमुख कथा रहेको मीनले बताएका छन् । थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?