Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

जुम्ला-मनाङ जोड्ने सडक ग्राबेल गरिँदै


जुम्ला। जुम्ला-डोल्पा हुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए । त्यस्तै, गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ भने बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए ।

त्यस्तै, ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वले टिमले अनुगमनसमेत गरेको छ । उक्त सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रैमहिना सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए । यो सडक खण्डमा बर्खामा मानिसलाई हिँड्न गाह्रो हुन्थ्यो, ग्राबेल भएपछि सहज भएको उनको भनाइ रहेको छ । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्राबेल गर्ने गरी काम गरिने कार्यालयले जनाएको छ । पञ्चवर्षीय योजना अन्तर्गत तीन वर्ष वितिसकेको छ भने रु ३२ करोडको बोलपत्र आह्वान भएकोमा कनकासुन्दरी निर्माण सेवा कम्पनीले रु १७ करोडमा १४ किलोमिटर सडक ग्राबेल गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताएका छन् ।

जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर छ भने थप सडक निर्माण र स्तरवृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख विष्टको भनाइ रहेको छ ।

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् भने कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालबाहक ट्र्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?