Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित


काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा कोशीको यो लगातार सातौँ हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

त्यस्तै, मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई जिताउन विकेटकिपर ब्याटर अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले भने ५० रनमा नट आउट रहेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे भने कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४.३ ओभरमा १५१ रनमा अल आउट भएको थियो । कोशीका लागि सुजन थपलियाले ७३ रनको शानदार पारी खेले पनि अर्को छेउबाट उनलाई अरु खेलाडीले गतिलो साथ दिन सकेनन् भने नवौँ नम्बरमा ब्याटिङमा आएका सुजन घिमिरेले १२ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?