Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण


दीपायल,डोटी। डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए ।

त्यस्तै, माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गरिने अध्यक्ष खड्काले बताए । माटो परीक्षणपछि खेतबारी सुधार्न किसानाई राहतहुने आदर्श गाउँपालिका–१ नम्बरका स्थानीय मुकुुन्द अवस्थीले बताए । यहाँका किसानका लागि यो राम्रो अवसर भएको उनको भनाइ रहेको छ ।

माटो परीक्षणपछि खेतबारी सुधार्न किसान स्वयं जुट्न आवश्यक रहेको कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले बताए । कृषि क्षेत्रमा आदर्श गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिएकाले यसलाई निरन्तरता दिनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्नुपर्ने निर्देशक जोशीले बताएका छन् ।

त्यस्तै, माटो परीक्षण घुम्ती शिविरमा सबै वडाका किसानले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्षलक्ष्मी रोकाया धामीले जानकारी भयो । दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि बताएका छन् ।

गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट तीन सय ३३ वटा माटोको नमुना सङ्कलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दलबहादुर खड्काले बताए । त्यस्तै, माटो परीक्षणको नतिजा २र३ दिनभित्र आउने अधिकृत खड्काले बताए । माटोको उपचार र संरक्षणबारे डोटीलगायत सुदूरपश्चिम प्रदेशका धेरै किसान अझै पनि अनभिज्ञ रहेको उनको भनाइ रहेको छ ।

आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका कृषिशाखा प्रविधि खेमराज पाठकले बताए ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?