Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी


काठमाडौं। नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरे । उक्त प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ । त्यस्तै, सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ ।

त्यस्तै, आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ । उक्त प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।

समारोहमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर जिम्मेवारीका क्रममा गरेका मुख्य–मुख्य कामलाई समेटेर गरिएको प्रदर्शनीबाट हातहतियार, पोसाक र सम्बद्ध सैन्य सामग्रीबारे नागरिकलाई जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे ।

त्यसैबीच, सोही अवसरमा नेपाली सेनाद्वारा आयोजित फोटो प्रतियोगितामा रामबाण गुल्म प्रथम, विशेष फौज वाहिनी दोस्रो र श्रीमेहर गण तेस्रो घोषित भए । प्रतियोगितामा १७ नम्बर वाहिनी, रणशेर गण, खड्गदल गण, भवानी बक्स गण, अर्जुनबाण, भगवती दल गण र सैनिक आवासीय महाविद्यालय पोखराले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उक्त प्रतियोगितामा अन्तर्गत गैरसैनिकविधातर्फ सिद्धार्थ महर्जन प्रथम, सफल प्रकाश श्रेष्ठ द्वितीय र वर्षा शाह तृतीय भए । उक्त प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

उनीहरुलाई प्रधानसेनापति शर्माले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?