१७ भदौ, काठमाडाैँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना
१७ भदौ, काठमाडाैँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । यससँगै छ अङ्क जोडेको नेपालको
१७ भदौ, काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य
१७ भदौ, बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी
१७ भदाै, जुम्ला । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नाग्म गमगडि राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको छ
१७ भदाै, बर्दिया । बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा विगत एक वर्ष देखि कैद भुक्तान गरी रहेका ठाकुर बाबा नगरपालिका –८ का २७ वर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन् । आज (आइतबार) बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम
१७ भदाै, एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विश्वकप फुटबलमा स्पेनी फुटबल महासंघका प्रमुख लुइस रूबियालेसको चुम्बनको विषयलाई लिएर देशका महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन् । सान्चेजले भनेका छन्, ‘हाम्रा खेलाडीले दुईपटक जितेका छन्, पहिले खेलबाट र अहिले महिला र पुरुषबीच समानताको पाठ विश्वलाई सिकाएका छन् ।’ गत
१७ भदाै, एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् । शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गरेका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ,
१७ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८
१७ भदाै, काठमाडाैँ । पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। घटनाबारे