Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कारागारको पर्खालबाट हाम फालेर भागे कैदी


१७ भदाै, बर्दिया । बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा विगत एक वर्ष देखि कैद भुक्तान गरी रहेका ठाकुर बाबा नगरपालिका –८ का २७ वर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन् ।

आज (आइतबार) बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताए । उनका अनुसार बुढा क्षेत्री गत एक वर्ष देखि बर्दिया कारागारमा कैद भुक्तान गरी रहेका थिए ।

अनुसन्धानको क्रममा बुढा क्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार भएको जानकारी पाउन साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीर राज शाहीले फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाइएको जानकारी दिए । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजी कार्य गरेको उनले बताए ।

२०७१ सालमा ठाकुर बाबा नगरपालिका ८ कै जोरा सिंह थापाको हत्याको अभियोगमा पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत वर्ष पक्राउ परी कैद भुक्तान गरी रहेका थिए । उनलाई अदालतले ३० वर्षको कैद सजाय फैसला गरेको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?