Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

थाइल्याण्डमा राजाद्वारा प्रधानमन्त्री स्रेथाको नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन


१७ भदाै, एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् ।

शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गरेका  छन् ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा प्रमुख मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ भने यसको सबैभन्दा ठूलो गठबन्धन साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।

थाइल्याण्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसद्मा नीतिगत वक्तव्य दिनुपर्छ ।

फेउ थाई पार्टीकी उम्मेदवार श्रेता गत अगस्टमा भएको संसदीय मतदानमा दक्षिणपूर्वी एसियाली राष्ट्रको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको ११ दलीय गठबन्धन सरकारमा पूर्व प्रधानमन्त्री प्रयुत चान–ओ–चाको प्रशासनका प्रमुख पार्टीहरू सामेल छन् ।

गत मे महिनामा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टीपछि फेउ थाई पार्टी दोस्रो स्थानमा आएको थियो । यसले सुरुमा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोनेटलाई नयाँ प्रधानमन्त्रीको रूपमा समर्थन गरेको थियो, तर पिताले थाई संसदका पछिल्ला दुई सदनीय बैठकमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएपछि फेउ थाई पार्टी पछि हटेको थियो र आफ्नै गठबन्धन बनाएको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?