Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

थाइल्याण्डमा राजाद्वारा प्रधानमन्त्री स्रेथाको नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन


१७ भदाै, एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेका छन् ।

शनिबार प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार राजाले छ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गरेका  छन् ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा प्रमुख मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ भने यसको सबैभन्दा ठूलो गठबन्धन साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।

थाइल्याण्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसद्मा नीतिगत वक्तव्य दिनुपर्छ ।

फेउ थाई पार्टीकी उम्मेदवार श्रेता गत अगस्टमा भएको संसदीय मतदानमा दक्षिणपूर्वी एसियाली राष्ट्रको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको ११ दलीय गठबन्धन सरकारमा पूर्व प्रधानमन्त्री प्रयुत चान–ओ–चाको प्रशासनका प्रमुख पार्टीहरू सामेल छन् ।

गत मे महिनामा भएको आम निर्वाचनमा मुभ फरवार्ड पार्टीपछि फेउ थाई पार्टी दोस्रो स्थानमा आएको थियो । यसले सुरुमा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोनेटलाई नयाँ प्रधानमन्त्रीको रूपमा समर्थन गरेको थियो, तर पिताले थाई संसदका पछिल्ला दुई सदनीय बैठकमा आवश्यक समर्थन प्राप्त गर्न असफल भएपछि फेउ थाई पार्टी पछि हटेको थियो र आफ्नै गठबन्धन बनाएको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?